प्रधानन्यायाधीशको सम्पत्ति शुद्धिकरणका लागि उजुरी गर्ने नेताहरुको तयारी छः अध्यक्ष श्रेष्ठ

काठमाडौँ- सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र परिवारको सम्पत्ति शुद्धिकरणका लागि नेताहरु सम्पत्ति शुद्धिकरण कार्यालयमा जाने तयारीमा रहेको बताएका छन् । उनले सम्पत्ति शुद्धिकरण आयोगबाट छानबिन गर्न बारले पनि सहयोग गर्ने बताएका हुन् ।
अध्यक्ष शाक्यले भने, ‘नेताहरु सम्पत्ति शुद्धिकरण कार्यालयमा जाँदै हुनुहुन्छ, उहाँहरुले प्रधानन्यायाधीश तथा उसका परिवारको बारेमा सम्पत्ति शुद्धिकरण आयोगबाट सम्पत्तिको छानबिन गर्नलाई उहाँहरुले मागपत्र लिएर जाँदै हुनुहुन्छ । सम्पत्ति शुद्धिकरणबाट पनि यसको छानबिन हुन जरुरी छ भन्ने हामी सबैलाई लागेको हो । हामी उहाँहरुले उचालेको कदमलाई स्वागत गर्दछौँ । आवश्यक्ताअनुसार हामी पनि उहाँहरुलाई टेवा दिन तयार छौँ । यसपटक केही न केही आउँछ भन्ने लागेको छ ।’
प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसाेसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर विरोध पदर्शन गर्दै आएका छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया