माओवादी केन्द्रको महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल जाने

काठमाडौं - नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ । माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गरेको हो ।
महाधिवेशनलाई शुभकामना दिन माओवादी केन्द्रले विभिन्न दलका अध्यक्षलाई निम्ता दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन नै गरेर एमाले अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा निम्तो दिएका थिए । तर, पहिले नै निर्धारित पार्टीको कार्यक्रमले झापामा रहेकाले ओलीले आफू आउन नसक्ने महासचिव शंकर पोखरेललाई पठाउने जानकारी दिएका थिए ।
माओवादी केन्द्रको महाधिवेशनमा एमालेबाट महासचिव पोखरेल अतिथिका रूपमा जाने भएका छन् । एमालेको दशौं महाधिवेशनमा माओवादी केन्द्रबाट लीलामणि पोखरेल गएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया