सन्जीव पोखरेलको ‘एक अनि शून्य’ सार्वजनिक

काठमाडौँ- पश्चिमी दर्शनमा आधारित सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ आज सार्वजनिक भएको छ । पुस्तक कालिकास्थानमा रहेको पब्लिकेसन्स नेपालयको कार्यालयमा आयोजित खुल्ला र सानो भेलाबीच सार्वजनिक भएको हो । यो पुस्तक दसवटा प्रमुख दार्शनिक प्रवृत्तिहरूमा केन्द्रीत रहेको छ; जुन प्रवृत्तिहरू पश्चिमी दर्शनका आधार मानिन्छन् । लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोर्कापित गरेका हुन् ।
'मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको प्रतिकात्मक अर्थ छ,' लेखक पोखरेलले भने, 'मेरा छोरीका पुस्ताले यो पुस्तक पढुन, पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन् गरुन् भन्ने मेरो लेखकीय आकांक्षा र सदिक्षा हो ।'उनी अगाडि भन्छन्, 'यस पुस्तकमा मैले पाश्चात्य ज्ञान परम्पराका केही आधारभूत प्रश्नहरुलाई सहज नेपाली भाषामा बुझाउने प्रयास गरेको छु । यसको अर्थ पाठकहरुले ज्ञानका प्रश्नहरुलाई बुझुन् र आत्मसात गरुन् भन्ने हो ।'
नेपाली समाजमा पाश्चात्य दर्शनको प्रभावबारे प्रकाश पार्दै लेखक थप प्रस्ट्याउँछन्, 'हाम्रो समाजमा बिद्यमान कतिपय राजनैतिक संरचना र तिनका आधारस्तम्भ पश्चिमी समाजबाट आएका छन् । राज्य संरचना, राज्य र नागरिकबीचका अन्तरसम्बन्ध र तिनका राजनैतिक साथै आर्थिक कर्महरु पाश्चात्य सिद्धान्तमा आधारित छन् । त्यसैले मलाई लाग्छ हामीले आफैलाई बुझ्न पनि पश्चिमलाई बुझ्नु अपरिहार्य हुन्छ ।'
सार्वजनिक पुस्तकका बारेमा बोल्दै कार्यक्रमका प्रमुख वक्ता विष्णु सापकोटा भन्छन्, 'पाश्चात्य दर्शनशास्त्रका बारेमा प्रशस्त पुस्तक लेखिएका छन् । तर यति सहज र सरल नेपालीमा यो विषयमा लेखिएका पुस्तकमध्ये यो दुर्लभप्रायः छ । साथै, यो पुस्तकको विशेषता भनेको के पनि हो भने, यसले दर्शनलाई राजनीति, साहित्य र सौन्दर्यशास्त्रसँग पनि जोडेको छ ।'यो पुस्तक पब्लिकेसन्स नेपालयको सन् २०२१ को अन्तिम प्रकाशन हो ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया