मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशनबारे निर्णय गर्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । बैठकले आइतबारदेखि काठमाडौँमा गर्ने तयारी गरेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने छ । शनिबार पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो ।

आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको उक्त निर्णयले वैधानिकता पाउने जनाइएको छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने र केन्द्रीय कमिटीले अनुमोदन गरेमात्र लागू हुने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए ।