सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

अष्ट्रेलियाबाट 'बरालिँदै हिँडे' सार्वजनिक

काठमाडौं :  मोडल सुनोद श्रेष्ठको बरालिँदै हिँडे म्युजिक भिडियो सार्वजनिक भएको छ । त्यस म्युजिक भिडियो अष्ट्रेलियाको मेल्वर्नमा छायाँकन गरिएको हो ।

बरालिँदै हिँडे गीत सागराजले लेखेका हुन् भने यसमा संगीत पनि उनकै छ । म्युजिक भिडियोको छायाँकन सुनेश श्रेष्ठ र साकार शाहीले गरेका हुन् ।

म्युजिक भिडियोमा सुनोदलाई एन्जी मुल्मीले साथ दिएकी छिन्। सुनोदले यसअघि आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । सात समुन्द्र पारी, विर्सन सक्दिन, तिमि र म उनका असाध्यै रुचाइएका म्युजिक भिडियो हुन् ।