चीनमा चार महिनापछि सबैभन्दा धेरै संक्रमित

एजेन्सी - चीनमा कोभिडबाट दैनिक संक्रमितको संख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा संक्रमितको संख्या घट्दै गए पनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
संक्रमण सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्यूनीकरण भने अरू देशमा भन्दा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा चीनमा कोरोनाभाइरस पुष्टि भएको थियो । सुरुमा उच्च सतर्कता गरेकाले चाँडो महामारी न्यूनीकरण गर्न सफल भएको थियो भने चीनले कोभिडविरुद्धको खोप पनि उत्पादन गरेको छ ।
चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन् । अहिले फेरि संक्रमितको संख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा १४० जना नयाँ संक्रमित भेटिएको पुष्टि गरिएको हो । तीमध्ये ८७ जना स्थानीय स्थानान्तरण र अरू बाहिरबाट सरेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । रासस

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

प्रतिक्रिया