अंग्रेजी नयाँ वर्षमा आइएमईले ल्यायो उपहार, जितौँ हजारौँ हजार

काठमाडौँ - आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ ।
योजना अनुसार सिस्टममा आधारित ‘ लक्की ड्र ’ मार्फत ४ देशहरुबाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले १० हजार उपहार स्वरूप प्राप्त गर्नेछन् । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।
कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी हुन पाउने छन् । उक्त योजना ८ पुष देखि २१ माघ २०७८ सम्म ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुनेछ ।
विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धी जानकारी कार्यालयकाे आधिकारिक सामाजिक सञ्जाल र वेभ पेजहरूका अतिरिक्त आम सञ्चार माध्यममार्फत सार्वजनिक गरिने छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

युनाइटेड सिमेन्ट्सको निःशुल्क सिलाई–कटाई तालिम सम्पन्न

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

बिर्तामोडमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’

प्रतिक्रिया