वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लगिन्छ : श्रममन्त्री श्रेष्ठ
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताएका छन् ।
न्युज अलाइन्स मिडियाको वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा अयाोजित कार्यक्रममा मन्त्री श्रेष्ठले देशको २८ प्रतिशत जीडीपी रेमिट्यान्टबाट चलेको भन्दै वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने बताएका हुन् ।
९७ प्रतिशत वैदेशिक रोजगारमा जानेहरु दक्ष नभएको भन्दै उनले सीप सिकेर मात्र वैदेशिक रोजगारमा जाने वातावरण सरकारले बनाइरहेकाे बताए । उनले सातवटै प्रदेशमा तालिक केन्द्र स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।
उनले सकेसम्म नेपालमा नै रोजगारीको अवसर सिर्जना गरेर वैदेशिक रोजगारमा जानेको संख्या न्युनीकरण गर्नुपर्ने धारणा राखे।
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

असोजमा ५३ हजार बढी नेपाली विदेशिए
जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

प्रतिक्रिया