शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

१६१ अंक बढेर २५२० पुग्यो नेप्से परिसूचक

काठमाडौँ - निरन्तर ओरालो लाग्दै गएको सेयर बजार परिसूचक यो साता भने केहि उकालो लागेको छ । चार दिन खुलेको सेयर बजार सोमबार बाहेक अन्य दिन बढ्दा १६१ अंकले नेप्से परिसूचक बढेर २५२० बिन्दुमा पुगको छ ।

आइतबार सार्वजनिक बिदा हुँदा कारोबार सोमबारबाट सुरु भएको थियो। साताको पहिलो कारोबारको दिन सोमबार १७ अंकले बजार घटेको थियो। मंगलबारबाट भने बजार उकालो लाग्न सुरु भएको थियाे।

बजारको तरलतालाई केही सम्बोधन गर्नका नेपाल राष्ट्र बैंकले स्थानीय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्‍न पाउने व्यवस्था गरेपछि बजारको तरलता संकट हट्ने विश्वासले लगानीकर्ता सेयरबजारप्रति आकर्षित हुँदा बजार उकालो लाग्न सुरु गरेको थियो ।

गत साताको बिहीबार अन्तिम कारोबारको दिन ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा नेप्से परिसूचक रोकिएको थियो । पछिल्लो एक महिनादेखि नेपाली पूँजी बजारमा ठूलो उतारचढाव आइरहेको छ ।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा १७.९३ अंकले गिरावट आएको थियो । १७.९३ अंकले गिरावट आएर परिसूचक  २३५८.८१ बिन्दुमा झरेको थियो । तर, मंगलबार भने नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको थियो । मंगलबार भारी अंकले बढेको नेप्से बुधबार पनि निरन्तरता पाएको थियो  ।

मंगलबार  ५६.७३ अंकले बढेको नेप्से बुधबार एकै दिन ९२.१६ अंकले बढेर २५०७.७०  बिन्दुमा पुगेको थियो । नेप्से उकालो लाग्दै साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ बिन्दुमा पुगेर बजार बन्द भएको थियाे । 

यस्तो छ साताभरको सेयर बजारको अवस्था

 मिति

 नेप्से परिसूचक

 अंक फरक + वा - मा

 कारोबार रकम

पुष ५ सोमबार

२३५८.८१

-१७.९३

 २ अर्ब ४६ करोड रुपैयाँ

पुष ६ मंगलबार

२४१५.५५

+५६.७३

 २ अर्ब ३८ करोड रुपैयाँ

पुष ७ बुधबार

२५०७.७१

+९२.१६

 ४ अर्ब ५२ करोड रुपैयाँ

पुष ८ बिहिबार

२५२०.२३

+१२.५३

 ४ अर्ब ४९ करोड रुपैयाँ