कांग्रेसको नयाँ नेतृत्वको पहिलो बैठकले गर्यो पाँच निर्णय

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बसेको छ । आज शनिबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
आजको बैठकले पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यावाद दिने निर्णय गरेको थापाको भनाइ छ । त्यस्तै राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारको लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय भएको छ ।
थापाका अनुसार बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ। बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाडि बढाउने संकल्प गरेको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय निर्वाचन समितिबाट प्रमाणपत्र प्राप्त भएलगत्तै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको हो ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया