‘आँगन छोडेपछि’ मा १७ आप्रवासी इञ्जिनियरका कथा

काठमाडौँ- इञ्जिनियरिङ विषय अध्ययन गरी विविध कारणले परदेशमा बसोबास गर्ने आप्रवासी नेपाली इञ्जिनियर लेखकहरूको सपना र संघर्षको कथा ‘आँगन छोडेपछि’ सार्वजनिक भएको छ। शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा सो पुस्तक सार्वजनिक गरिएको हो।
विशेष कारण वा विदेशिनुपर्ने सन्दर्भ, तात्कालीन मनोदशा, मानसिक र पेशागत अन्तरद्वन्द्व साथै विदेश आइसकेपछिको सुरुवाती अनुभवहरूको संकलनका रूपमा पुस्तकलाई चित्रण गरिएको छ।
ऋषिराम पराजुली, कुसुम ज्ञवाली, कृष्ण कुसुम, केशव शर्मा, केशवराज ज्ञवाली, गोविन्दप्रसाद गौतम, जीवा लामिछाने, प्रमोद अमात्य, नगेन्द्र न्यौपाने,विजयराज भट्टराई, मधु माधुर्य, मनोज कार्की, राजन महर्जन, सतिश त्रिपाठी, सन्तोष न्यौपाने, शर्मिला पोखरेल र सुशील ताम्राकार गरेर १७ जनाले आफ्ना परदेशी अनुभव पुस्तकमा समावेश गरेका छन्।
पुस्तकलाई सम्पादन कृष्ण कुसुम र केशवराज ज्ञवालीले गरेका हुन् भने सम्पादन समूहमा कुसुम ज्ञवाली, सतिश त्रिपाठी, विजयराज भट्टराई रहेका छन्। पुस्तकमा विश्वभरिका विभिन्न देशमा बसेर, इन्जिनियरिंग पेशासँग सम्बन्ध १७ जना इन्जिनियरहरुको विदेशी भूमिमा गरेको संघर्षको सस्मरण लेखिएको छ।
सो पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको छ। कार्यक्रममा लेखक/इन्जिनियर खड्गसेन वली र समालोचक राजकुमार बानियाले पुस्तकमाथि टिप्पणी गरेका थिए। नियात्राकार जीवा लामिछाने र गोविन्दप्रसाद गौतमले लेखकीय अनुभव, पुस्तकका दुई मध्ये एक सम्पादक केशवराज ज्ञवालीले सम्पादनको अनुभव सुनाएका थिए।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SmOsZHNLlf_zezpvt4qfpeepgijas1vn0tffc0lfva9igxyzv973wihqfecf52jwpfntmgv.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया