पर्यटन प्रवर्द्धन गर्न कटारीको मर्जितपुरमा प्यराग्लाइडिङ

उदयपुर - पालिकाले साहसिक पर्यटन खेलका निम्ति परिक्षण उडान गरेको छ । कटारी नगरपालिका– ७ मर्जेतपुर गडिकोट डाँडाबाट प्याराग्लाईडिङ, जिपलाइन, रक क्ल्याम्बिङ साहसिक खेलको परीक्षण गरिएको हो ।
आन्तरिक तथा वाह्र्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका– ७ मर्जेतपुर गडिकोटमा प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङको परीक्षण गरिएकाे हाे। स्थानीय गडिकोट पर्यटन व्यवस्थापन समिति कटारीले ७ गडिकोटले स्थानीय स्तरमा पर्यटकीय विकास गर्ने उद्देश्यले प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङ सुरु गरेको हो ।
कटारी बजारबाट ९ किलोमिटरको दुरीमा रहेको मर्जेतपुर गडिकोट डाँडा प्याराग्लाईडिङ, जिप लाईन, रक क्ल्याम्बिङ साहसिक खेलको निम्ति उपयुक्त स्थान रहेको छ । कटारी बजारबाट ९ किलोमिटर कच्ची सडकबाट पुग्न सकिने मर्जेतपुर गडिकोट डाँडामा प्राविधिक हिसाबले सबै मौसममा प्याराग्लाइडिङ, जिपलाइन, रक क्ल्याम्बिङ जस्ता साहसिक खेलको उडान भर्न सकिने प्याराग्लाडिङका क्यापटेन दिलकुमार सुनुवारले बताए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया