प्रदेश पर्यटन बोर्ड खारेज गर्ने सरकारको निर्णय नै त्रुटिपूर्ण !

विराटनगर - प्रदेश पर्यटन बोर्ड नियमावली र बोर्डका सदस्यहरुको नियुक्ती खारेज गर्ने गरी मुख्यमन्त्री राजेन्द्र कुमार राई नेतृत्वको सरकारले गरेको निर्णय नै त्रृटिपूर्ण देखिएको छ । मुख्यमन्त्री राईले गत मंसिर ९ गतेको मन्त्रिपरिषद् बैठकबाट ऐनको दफा ४३ को भावना विपरीत पर्यटन विकास नियमावली खारेज गर्नुका साथै ऐनको दफा ३६ बमोजिम गठन भएको बोर्ड र त्यसका पदाधिकारी, सदस्य नियुक्ति नै खारेज गरिदिएका थिए ।
ऐनको दफा ४३ मा ऐनको उदेश्य कार्यन्वयन गर्न प्रदेश सरकारले आवश्यक नियम, निर्देशिका र कार्यविधि बनाई लागू गर्नसक्ने अधिकार उल्लेख छ । सोही अधिकारको प्रयोग गर्दै तत्कालिन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले पर्यटन विकास बोर्ड गठन गरी उपाध्यक्ष र सदस्यहरुको नियुक्ति गरेको थियो । तर वर्तमान मुख्यमन्त्री राईले भने सोही नियमलाई टेकेर ऐनको प्रावधान नै उल्ट्याउने गरी प्रदेश पर्यटन बोर्ड नियमावली खारेज गर्ने तथा बोर्डका सदस्यहरुको नियुक्ति पनि खारेज गरेका थिए ।
उच्च अदालत विराटनगरले बिहीबारको दोस्रो अन्तिम आदेश गर्दै नियमावली र सदस्यहरुको नियुक्ति खारेज गर्ने निर्णय कार्यन्वयन नगर्नु भनि यसअघि दिएको आदेशलाई नै निरन्तरता दिएको हो । प्रदेश १ को पर्यटन विकास ऐन २०७६ को उदेश्य कार्यन्वयनका लागि भन्दै आचार्य नेतृत्वको अघिल्लो सरकारले ऐनको दफा ४३ बमोजिम गत असोज २४ गते सदस्यहरु नियुक्ति गरेका थिए ।
नियमावली भने २०७७ साउन ८ मै बनेर राजपत्रमा प्रकाशित भएको थियो । उच्च अदालत विराटनगरले बिहीबार थप आदेश गर्दै नियमावली र सदस्यहरुको नियुक्ति खारेजी सम्बन्धी सरकारको निर्णय कार्यन्वयन नगर्न यसअघि गरिएको अल्पकालिन आदेशलाई निरन्तरता दिएको छ ।
आदेशमा सरकारले मन्त्रिपरिषदबाट निर्णय नै नगरिएको बोर्डका सदस्यहरुको नियुक्ति खारेजीको विषयलाई राजपत्रमा प्रकाशित गर्नु प्रथम दृष्टिमा नै कानुन अनुकुल नदेखिएको उल्लेख गरेको छ । ‘निवेदनको अन्तिम टुंगो नलागेसम्म यस अदालतको एकल इजलासबाट मिति २०७८/८/२७ मा निवेदकहरुको हकमा नियुक्ति खारेज गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु’ भनी उल्लेख छ ।
आदेशमा पर्यटन बोर्ड गठन र सञ्चालन सम्बन्धी पदाधिकारीहरुको व्यवस्था र पर्यटन विकास बोर्ड ऐनका उदेश्यहरु कार्यान्वयन गर्ने गराउने सम्बन्धी कार्य सार्वजनिक चासो र सरोकारको विषय भएको र चाँडो सुनुवाई गर्नुपर्ने भन्दै विपक्षीबाट लिखित जवाफ प्राप्त भएपछि सुनुवाईको लागि अग्राधिकार दिइएको छ ।
बोर्ड खारेज गर्ने र बोर्डका पदाधिकारीलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यन्वयन नगर्न मंसिर २७ मा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले सरकारका नाममा पहिलो अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतले विपक्षी प्रदेश सरकारलाई जवाफ पठाउन दिएको आदेशपछि भएको दुवै पक्षको बहसपश्चात उच्च अदालत विराटनगरका न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र मिलन कुमार राईको इजलासले बिहीबार पुरानै आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।
नियमावली नै खारेज भएपछि प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष लगायत सदस्यहरु स्वतः पदमुक्त भएको सरकारको जिकिर थियो । बोर्ड खारेज गर्ने वर्तमान मुख्यमन्त्री राई नेतृत्वको सरकारको निर्णयले प्रदेश १ को पर्यटन क्षेत्रलाई अन्यायमा पारेको भन्दै बोर्डका सदस्यद्वय देवी गौतम र उमेश घिमिरेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।आचार्य नेतृत्व सरकारले बोर्डको उपाध्यक्षमा फडिन्द्र अधिकारी, सदस्यहरुमा गौतम र घिमिरेसहित भिमराज राई, इन्दिरा श्रेष्ठ र प्रेरणा थापालाई नियुक्ति गरेको थियो ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया