मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

प्रदेशको नाम मधेश प्रदेश नभए जनकपुरलाई राजधानी नबनाउने चेतावनी

जनकपुरधाम - प्रदेश २ को नाम र राजधानीबारे प्रदेश सभाको बैठकमा छलफल भएको छ । छलफलमा बोल्ने सत्तारुढ जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम हुनुपर्ने धारणा राखेका छन ।

त्यसैगरी सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले आफूले प्रस्तुत गरेको प्रस्ताव जानकी प्रदेशका मुद्दा छाडेर प्रतिपक्षी दल एमालेले गरेको प्रस्ताव जनक प्रदेशमा समर्थन जनाएका छन ।

सत्तारुढ दल जसपाका प्रदेश सभा सदस्य एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री योगेन्द्र यादवले मधेश प्रदेश हुन सक्दैन भने जनकपुरधामलाई अवध, बज्जिका र भोजपुराले राजधानी नमानेर वीरगंजको मांग गर्ने चेतावनी दिए ।

उनले ऐतहासिक मधेश जनविद्रोहको चर्चा गर्दै भने मधेशमा जनविद्रोह मिथिला वा जनक, जानकी प्रदेशका लागि होइन मधेश प्रदेशका लागि भएको कारण मधेश भित्रका मिथिला, भोजपुरा, अवध र बज्जिका सबैका जनताले हौसल्ला र उत्साहक सहभागी भए र सयौंले शहादत पनि दिए ।

ती शहीदको सपना र मधेश आन्दोलनको मर्म अनुसार मधेश प्रदेशमा सहमति नभए भोजपुरा, अवध र बज्जिकावासीले पनि जनकपुरधाम राजधानी नमान्ने र वीरगंजका लागि तयारी अघि थाल्ने भन्दै चितपट दुवै मिथिला भोजपुरा वा जानकीका मान्य नहुने बताए ।

सत्तारुढ दल जसपाका चमेली देवी दास, सरोज कुशवाहा, रामआशिष यादव, ज्ञानेन्द्र यादव, मनोज कुमार सिंह, बच्चासिंह अहिर, विदेश्वर प्रसाद यादव, सुरेश मण्डल, नेत्रविक्रम साहले मधेश प्रदेश र राजधानी बारे हुनुपर्नेमा आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल लोसपा परमेश्वर साह, रानी शर्मा तिवारी, प्रहलाद गिरी, गौरीनारायण साह, अभिराम शर्मा र जानकीशरण साहले पनि मधेश प्रदेश र राजधानी जनकपुरधाम हुनुपर्ने बताए ।

त्यसैगरी राजधानी जनकपुरधाम हुने बारे प्रमुख प्रतिपक्षी दलका परमेश्वर, सत्तारुढ दल कांग्रेसका शिवचन्द्र चौधरी र एमालेक लगनलाल चौधरीले आफ्ना धारणा राखेका थिए । सत्तारुढ दल कांग्रेसले दर्ता गरेको प्रदेशको नाम मिथिला भोजपुरा प्रदेश बारे आजको बैठकमा छलफल हुन सकेछ ।

त्यसअघि एमालेका शारदा थापाले प्रदेशको नाम जनक प्रदेश प्रस्तुत गरेको प्रस्तावबाट पछि हटेर नेकपा एसले प्रस्ताव गरेको जानकी प्रदेशमा समर्थन जनाएका छ । सो प्रस्तावमा एमालेका थापा सहित किशोरी साह कमल र लगनलाल चौधरीले समर्थन जनाएका छ ।

प्रदेशको नाम र राजधानी बारे प्रस्तुत गरिएका प्रस्तावमा संशोधन दर्ता गराउन ७२ को समयावधि सभामुखले दिएका छन । प्रदेश सभाको आगामी बैठक पुस ११ गते बस्नेछ ।

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक