मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

बागमती प्रदेश : नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

मकवानपुर - बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शपथ ग्रहण गराएका हुन् ।

पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम तीन  मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए। भूमि व्यवस्था सहकारीमन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्रीमा दिपेन्द्र श्रेष्ठले शपथ ग्रहण गरेका छन्। 

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि शपथ ग्रहण गरेका हुन् । राज्यमन्त्रीमा सन्त प्रजा मनोनित भएसँगै पहिलो पटक संसदमा चेपाङ जातिको प्रतिनिधित्व भएको छ । यसअघि मकवानपुरकै गोविन्द चेपाङ संविधानसभा सदस्य भएका थिए । मकवानपुर चितवनलगायत जिल्लामा चेपाङ जातिको बसोबास रहेको छ ।

बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटै मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् भने अन्य चार जना राज्यमन्त्री नियुक्त भएका छन्। प्रदेश मन्त्री र राज्यमन्त्रीको कूल सङ्ख्या १८ पुगेको छ ।

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक