बाली उपचार शिविरबाट किसानलाई राहत

तानसेन : पाल्पाको तानसेन नगरपालिकाले अन्नबाली भाइरसका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बाली उपचार शिविर सुरु भएको छ । अन्नवाली, तरकारी तथा फलफूलमा भाइरसको आक्रमणले नष्ट गर्न थालेससँगै तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास सङ्घ पाल्पाले बालीमा उपचार शिविर अभियानकैरुपमा सञ्चालनमा ल्याएको हो ।
कृषि बालीमा देखिएका समस्यालाई पहिचान गरी त्यसको व्यवस्थापनका लागि शिविर सञ्चालन गरिएको सङ्घका विज्ञ थमन कार्कीले बताए । अन्नवाली तथा तरकारी, फलफूलमा विभिन्न किसिमका रोगले उत्पादनमा कमी आएको छ । फल फलेपनि पहेँलो भएर झर्ने, पात तथा हाँगा सुक्ने, पात कुहिने, जरा कुहिने तथा पात किराले खाने जस्ता समस्या पछिल्ला वर्षमा देखिएको विज्ञ कार्कीको भनाइ छ ।
कृषि बालीमा देखिएका समस्यालाई समाधान गर्न विषादीको प्रयोग गरी किटाणुको व्यवस्थापन गर्न सकिने छ । तर, मानव स्वास्थ्यका लागि रसायनिक विषादीको प्रयोग भन्दा एकीकृत तथा जैविक विधिका माध्यमबाट किटाणुको व्यवस्थापन गर्न सकिने सुझाव कार्कीको छ ।
कार्यक्रममा तानसेन नगरप्रमुख अशोककुमार शाहीले बाली शिविरबाट अन्नबाली, तरकारी तथा फलफुलमा लागेको रोगको पहिचान गर्न सहज हुने बताए । उनले कृषिमा उत्पादन वृद्धि गरी व्यवसायिक बन्नका लागि कृषि सम्वन्धी ज्ञानको आवश्यक रहने बताए । उनले अन्नवाली, तरकारी तथा फलफूलमा कस्ता कस्ता समस्या देखिएका छन् त्यसको व्यवस्थापनका लागि किसान नै पहिला जानकार हुनुपर्ने बताए ।
नगरउपप्रमुख लक्ष्मीदेवी पाठकले शिविरशार्फत कृषि उत्पादन वृद्धि हुने र किसानले बढीभन्दा बढी लाभ लिन सक्ने बताए । तानसेन नगरपालिकाको अर्गली, बर्तुङ्ग क्षेत्रमा पहिलो चरणमा बाली शिविरबाट झण्डै १०० किसान लाभान्वित भएको सङ्घका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताए । शिविरमार्फत अन्नवालीमा देखिएका रोगको पहिचान गरी व्यवस्थापन गर्न सहज बनाइएको सङ्घका कार्यकारी निर्देशक कार्कीले बताए ।

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

प्रतिक्रिया