कालिञ्चोक क्षेत्रमा हिमपात
दोलखा - दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताए ।
हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँपर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ । कालिञ्चोकमा काठमाडौँ तराई तथा भारतका नागरिकसमेत हिउँ खेल्न कालिञ्चोक आउने गरेका छन् । यो वर्ष वर्षायाम ढिला गरी सुरु भएको र बाक्लो मात्रामा हिमपात नभएका कारण जिल्लामा अन्य वर्षको तुलनामा पर्यटक नभित्रिएको चरिकोटका व्यवसायी कुइराङ रुम्वाले बताए ।
एकै दिनमा कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगि हिउँ खेल्न तथा कालिञ्चोक मन्दिरको दर्शन गर्न सकिने भएका कारण पर्याटकको अकर्षण बढेको छ भने पर्यटकको आगमनसँगै कोभिडका कारण लामो समयदेखि बन्द रहेको व्यवसाय राम्रोसँग सञ्चालन हुने भएपछि कालिञ्चोक क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । ३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा मन्दिर दर्शन, हिउँ खेल्न तथा हिउँमा खाेलिने सहासिक खेल स्की खेल्नका लागि पर्यटक पुग्ने गरेका छन् । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया