मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

राजनीतिक दलबीचको मतभेदलाई निरुपण गर्नुपर्छ : राष्ट्रपति भण्डारी

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रपति भवन शितल निवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा बोल्दै राष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सामाजिक, आर्थिक रुपान्तरणका लागि राजनीतिक दलहरुबीचको मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्नुपर्ने बताएकी हुन् ।

उनले  राष्ट्रियताको मर्मलाई आत्मासात् गर्नुपर्ने पनि बताइन् । संविधानले प्रत्याभूत गरेका अधिकारहरुको संरक्षण र कार्यान्वयनबाट मात्रै स्थायित्व प्राप्त गर्न सकिने उनले बताइन् । उनले भनिन्, – ‘हामीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सामाजिक, आर्थिक रुपान्तरण र राष्ट्रियताका मुलभुत मर्मलाई आत्मासात् गर्न सक्नुपर्दछ । नेपाली जनताको दशकौँ लामो संघर्षको प्रतिफल स्वरुप स्थापित हाम्रो राजनीतिक प्रणालीले संविधानद्वारा प्रत्याभुत गरिएका सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरुको निरन्तर संरक्षण र कार्यान्वयनबाट नै स्थायित्व प्राप्त गर्न सम्भव छ । राजनीतिक दलहरुबीच विद्यमान सानातिना मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्दै गणतन्त्रलाई तदनुरुपको आचरणद्वारा राम्रो जीवनशैलीमा रुपान्तरण गर्न आवश्यक छ । समाजको अग्रगामी परिवर्तनका लागि जनताको जीवनस्तर उठाउन आवश्यक छ ।’

राष्ट्रपति भण्डारीले अरबौँ रुपैयाको कृषि उपज आयात गरी व्यापारघाटा बेहोर्नु परेको भन्दै कृषि उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताइन् । उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताइन् । उनले सामाजिक न्यायसहितको समृद्धिलाई लक्ष्य बनाउनुपर्ने बताइन् ।

किसान, मजदुर र श्रमजीवि जनताको मुहारमा हाँसो र जीवनमा सकारात्मक परिवर्तन आए मात्रै प्राप्त गरेको राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने राष्ट्रपति भण्डारीको भनाई छ । सो अवसरमा राष्ट्रपति भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशी, डा. मिना आचार्य, प्राज्ञ गोपिरमण उपाध्याय, प्रा.डा. राजेश गौतम, प्रा.डा. सुरेन्द्र केसी लगायतलाई सम्मान गरेकी थिइन् । 

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक