पूर्वशिक्षा सचिव बने परीक्षा बोर्ड अध्यक्ष
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । गएको भदौदेखि रिक्त रहेको बोर्डको अध्यक्ष पदमा सरकारले शर्मालाई नियुक्त गरेका हो । शर्मा शिक्षा मन्त्रालयका पूर्व सचिव हुन् ।
शिक्षा मन्त्रालयमा बसेर लामो समय काम गरेका शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रालयले बोर्डको अध्यक्षका लागि आवेदन समेत माग गरेको थियो ।
जसमा शर्माले पनि बोर्डको अध्यक्ष हुन आफु योग्य रहेको दाबीसहित आवेदन हालेका थिए । शिक्षाका समस्या र प्रवृत्तिबारे अनुभवी रहेका शर्मालाई माध्यामिक तहको परीक्षा सुधार गर्न बोर्डको अध्यक्षमा नियुक्त गरिएको सरकारका एक मन्त्रीले बताएका छन् ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया