माओवादी राष्ट्रिय सम्मेलन : महासचिवका लागि लविङ्ग गर्दै पौडेल

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को रााष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा पार्टीका प्रभावशाली नेताहरुले अध्यक्ष बाहेकका पदमा आउनका लागि सक्रियता बढाएका छन् । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको बताइरहँदा त्यसपछिको शक्तिशाली पद महासचिवमा धेरै नेताहरुले आकांक्षा राखेका छन् ।
यस्तैमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि महासचिव लागि लविङ्ग गरिरहेका छन् । पौडेलनिकट स्रोतका अनुसार महासचिवका लागि उनले लविङ्ग गरिरहेका छन् र त्यसबाट पछि हट्न परे उपाध्यक्षमा दाबी गर्नेछन् ।
‘उहाँको पहिलो दाबी महासचिवमा रहन्छ,’ स्रोतले भन्यो, ‘महासचिव त्याग्नुपरेमा उपाध्यक्षको स्वतः हकदार हौं ।’ पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका पौडेलको राजनीतिसँगै साहित्यमा पनि रुचि छ ।
अखिल (क्रान्तिकारी)बाट विद्यार्थी राजनीति सुरू गरेका उनी संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनेका थिए । २०७१ मा माओवादीको केन्द्रीय सदस्य, २०७२ मा पोलिटव्यूरो सदस्य हुँदै पौडेल २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बनेका हुन् ।
माओवादी जनयुद्धमा सुरूवाती चरणदेखि सहभागी उनी २०४२ देखि ०४४ सम्म करिब १८ महिना धनगढी जेल बसेका थिए । त्यस्तै ६ महिना सदरखोरमा थुनामा पनि परेका थिए ।
पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमार्फत कार्यकारी अधिकार अध्यक्ष र महासचिवलाई हुने भएकाले नेताहरूको आकर्षण महासचिव पद परेको हो । पार्टीका अन्य नेताले पनि यो पदमा आफ्नो दाबी रहने घोषणा गरिसकेका छन् ।
गत साउनमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवको व्यवस्था गरेको छ । तर, विधानतः कार्यकारी अधिकार भने अध्यक्ष र महासचिवलाई मात्र दिइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया