अछाम प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ९६ योजना छानिए

अछाम - प्रदेशसभा सदस्यहरूले विनियोजन गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ को ‘क’ र ‘ख’ का योजना छनौटसँगै बजेट विनियोजन भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको तीन करोड रुपैयाँ विनियोजन गरेको हो । निर्वाचन क्षेत्र ‘क’ र ‘ख’अन्तर्गत पर्ने पाँच स्थानीय तहका ९६ योजनाको लागि बजेट विनियोजन भएको छ । निर्वाचन क्षेत्र ‘क’ अन्र्तगत साँफेबगर नगरपालिकामा २९ योजना र चौरपाटी गाउँपालिकामा १६ योजना गरी ४५ वटा योजना छनोट भएका छन् ।
निर्वाचन क्षेत्र नं. १ को ‘ख’अन्र्तगत मेल्लेख गाउँपालिका २५ योजना, रामारोशन गाउँपालिकामा १७ योजना र बान्नीगढी जयगढ गाउँपालिकाका ९ गरी ५१ वटा योजना छनोट भएका छन् भने प्रशासनिक खर्चको लागि दुईवटै क्षेत्रमा तीन तीन लाख बजेट विनियोजित गरिएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ‘क’ अन्र्तगत साँफेबगर नगरपालिकाका शिद्धेश्वर, पातलकोट, मष्टमान्डौं, देवीस्थान, घुघुरकोट, खप्तड र चौरपाटी गाउँपालिकाको वडा नं.२ सोकट, दुनी र मार्कु बढी प्राथमिकतामा परेका छन् ।
निर्वाचन क्षेत्र ‘क’अन्तर्गत सबैभन्दा वढी साँफेबगर नगरपालिकामा एक करोड ९८ लाख र चौरपाटी गाउँपालिकामा ९९ लाख बजेट विनियोजित भएको छ । यस्तै प्रशासनिक खर्चको लागि तीन लाख बजेट विनियोजित गरिएको छ । वडामध्येमा सबैभन्दा वढी साँफेबगर नगरपालिकाको वडा नं. ३ शिद्धेश्वरमा ३५ लाख बजेटको व्यवस्थापन गरिएको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया