फापेन साम्राज्ञीलाई प्रेम, देवांशसँग पनि ब्रेकअप !

काठमाडौं : अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र देवांश राणाबीच ब्रेकअप भएको खबर छ । साम्राज्ञी निकट स्रोतका अनुसार दुई वर्षयता प्रेम सम्बन्धमा रहेका जोडी हालसालै अलग अलग भएको छ । ब्रेकअपको हल्लालाई साम्राज्ञीको सामाजिक सञ्जालका गतिविधीले पनि पुष्टि गर्छन् ।
दुई तीन महिनायता साम्राज्ञीको सामाजिक सञ्जालमा देवांशको उपस्थिति शून्य छ । खासगरी साम्राज्ञीको इन्स्टाग्राम स्टोरीमा देवांश झुल्किरहन्थे । तर, आजभोलि देवांश त्यता देखिएका छैनन् । त्योबाहेक साम्राज्ञीले सामाजिक सञ्जालमा रहेका देवांशसँगको फोटो पनि हटाएकी छिन् । केही समयअघिसम्म साम्राज्ञीको ग्यालरीमा देवांशको फोटोको राम्रै कलेक्सन थियो । अब त्यहाँ देवांश मुस्किलले देखिन्छन् ।
केही समयअघि साम्राज्ञीको आमाले गाएको एउटा गीत रिलिज भएको थियो । त्यो गीतमा देवांश र साम्राज्ञीले अभिनय गरेका थिए । तर, देवांश त्यो भिडियोको प्रमोसनबाट गायब थिए । यी सब कारणले पनि साम्राज्ञी र देवांशको सम्बन्ध सकिएको अनुमान गर्नलाई बल पुगेको छ ।
मयंक खड्कासँगको सम्बन्ध तोडेर देवांशसँग सम्बन्ध बढाएकी साम्राज्ञीले देवांशसँग विवाह गर्न लागेको गाइँगुइँसमेत चल्न थालेको थियो । तर, सम्बन्ध विवाहको चरणमा पुग्नु अगावै भत्किएको खबर छ ।
बालीमा अन्तरंग तस्बिर सार्वजनिक भएपछि साम्राज्ञी र देवांशको सम्बन्ध एकान दोकान हुँदै मैदान भएको थियो । ‘ड्रिम्स’बाट नेपाली फिल्ममा प्रवेश गरेकी साम्राज्ञीले आधा दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् । उनको अभिनय रहने ‘रेड वाइन’को केही दिनपछि नै सुटिङ सुरु हुँदैछ ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया