शनिबार १७ जेठ, २०८२
Saturday, May 31, 2025

बिजुलीको पोलबाट लडेर मृत्यु

पाल्पा- निस्दी गाउँपालिका-७ चारघरेस्थित बिजुलीको पोलबाट लडेर नवलपरासी (पश्चिम) वर्दघाट नगरपालिका-१२ बस्ने ३६ वर्षीय पशुपति चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ । करेन्ट प्रवाह नभएको बिजुलीको नाङ्गो तार तान्न काठको बिजुलीको पोलमा चढेको अवस्थामा पोल भाँचिन गई लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।