पाँच सवारी दुर्घटना : पाँच जनाको मृत्यु

काठमाडौँ- गुल्मी, धनुषा, तनहुँ, कपिलवस्तु र सर्लाहीका भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, गुल्मीको दरबार गाउँपालिका-४ बिरबासमा बिरबासदेखि भेडुवातर्फ जाँदै गरेको लु.१७ प ६४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक उक्त गाउँपालिका बिरबास बाख्रेका ३० वर्षीय पदम ढेगाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । धनुषा, मिथिला नगरपालिका-७ ढल्केवरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ जमुनिवास बस्ने २८ वर्षीय तुलसी आले मगरको बिहीबार घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसरी नै तनहुँ, भिमाद नगरपालिका-६ सिमबोटस्थित सडकमा पार्किङ गरी राखेको ग.१ त ३७६९ नम्बरको ट्याक्टरमा बिहीबार राति बा.१५ प ४०९३ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुन पुगेको थियो । मोटरसाइकल चालक ऋषिङ गाउँपालिका-७ का हाल भिमाद नगरपालिका-६ डेरा गरी बस्ने २६ वर्षीय प्रकाश रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ स्थित सडकमा लु.८० प ८१८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका सागर टोल बस्ने ३५ वर्षीय मनोज लम्सालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार, सर्लाही, बरहथवा नगरपालिका-९ सोल्टी गेट नजिक बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको बा.९७ प ६२३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटनामा परेको थियो । चालक बरहथवा नगरपालिका-५ बस्ने १८ वर्षीय चन्दन कुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भेनस अस्पताल बरहथवा हुँदै थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भेनस अस्पताल बरहथवामा उपचार भइरहेको छ ।

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
भोटो जात्राको अवसरमा जावलाखेलमा बृहत खुल्ला रक्तदान कार्यक्रम

सेवानिवृत्त भएपछि शीतलचिनी खेतीमा व्यस्त पराजुली

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला

ट्राफिक सचेतना बढाउन ‘सडक सुरक्षा सप्ताह’

सेनाको मेजर भन्दै ट्याक्सीकै भाडा नतिरेपछि …

प्रतिक्रिया