स्पेनको क्यातलोनियामा कोभिडको बढ्दो सङ्क्रमण नियन्त्रणका लागि पुन: निषेधाज्ञा आदेश जारी

मड्रिड- स्पेनको उत्तरपूर्वी क्षेत्र क्यातलोनियामा क्रिसमसको पूर्वसन्ध्यामा रात्रिकालिन निषेधाज्ञा आदेश जारी गरिएको छ ।
कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्नका निषेधाज्ञा जरूरी देखिएको भन्ने क्षेत्रीय सरकारको निर्णयलाई बिहीबार अदालतले अनुमोदन गरेको हो ।
यूरोप, अमेरिका लगायतका क्रिश्चियन बहुल मुलुकले धुमधाम साथ क्रिसमस मनाइरहेका समय स्पेनी राज्य क्यातलोनियामा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि यो नीति अख्तियार गरिएको हो ।
यस क्षेत्रको सर्वोच्च अदालतले क्याटालोनियाको क्षेत्रीय सरकारले राती १:०० बजेदेखि बिहान ६:०० बजेसम्म रात्रिकालिन कर्फ्यू लगाउन गरेको अनुरोधसँग सहमत भएको कुरा बताएको छ ।
यो आदेश उपाय शुक्रबारदेखि १५ दिनसम्म लागू हुने जनाइएको छ । (एएफपी)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया