राजनीतिबाट विश्राम लिएको होइन, केही क्षणको अल्पविराम मात्र हो : रामचन्द्र पौडेल

काठमाडौं - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू महाधिवेशनमा प्रतिस्पर्धाबाट अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम भएको बताएका छन् ।
१४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै नेता पौडेलले आफूलाई साथीहरुले 'रामचन्द्रजी अब पार्टिभित्रको चुनावमा लड्नु हुँदैन, जोगिएर रहनुपर्छ' भनेकाले आफू प्रतिस्पर्धाबाट अलग रहेको र त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेको उल्लेख गरेका छन् ।
आफ्नो राजनीतिक यात्रा जारी रहेको भन्दै उनले अविछिन्न अगाडि बढिरहने संकल्प रहेको उल्लेख गरेका छन्। उनले नेता कार्यकर्ता र शुभचिन्तकलाई आफूप्रतिको विश्वासलाई सदैव सम्मान गर्ने उल्लेख गरेका छन्। न्युज कारखाना

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया