नेतृत्व चयनको विषयमा कुरा नमिल्दा आरआरका विद्यार्थीबीच कुटाकुट

काठमाडौं - काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् ।
कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार विहान कुटाकुट भएको हो ।
कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीहरुबीच भनाभन पश्चात झडप भएको थियो ।
झडपमा परेर केही विद्यार्थी सामान्य घाइते छन् । झडपको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
झडपपछि विस्तारित बैठक स्थगित भएको छ ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया