सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

चार्ल्स शोभराज प्रकरणमा सरकारलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश

काठमाडाैँ - सर्वोच्च अदालतले ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखलाई ज्येष्ठ नागरिकले पाउने सुविधा पाउनुपर्ने हो कि होइन तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज उक्त विषयमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

आफ्नो कैद अवधि भुक्तान भइसकेको दावीसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा उक्त आदेश भएको हो । रिट निवेदनमा ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाअनुसार आफूले कैद भुक्तान गरिसकेको उल्लेख छ ।