लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार सेवा विस्तार

बुटवल - लुम्बिनी प्रादेशिक अस्पतालले एकै पटक चार वटा सेवा बिस्तार गरेको छ । १० बेडको डायलाइसिस सेवासहित ट्रमा वार्ड, कोभिड इमर्जेन्सी र भिसिटिङ्ग सेवा विस्तार भएको हो ।
विस्तारित सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री ईन्द्रजित थारुले शुभारम्भ गरेका हुन् । अस्पतालमा यसअघि रहेको ६ बेडको डायलाइसिस सेवालाई १० बेडमा बिस्तार गरिएको हो । स्वास्थ्यमन्त्री थारुले रेड्रो पोजेटिभ र हेपाटाइटिस बी तथा सिका बिरामीका लागि दुई बेड प्रदान गरिने जानकारी दिए ।
अस्पतालमा सेवा विस्तार भएपछि उपचारमा थप सहजता आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले बताए । अस्पतालमा सेवा सुविधा विस्तार हुने क्रम जारी रहेको र प्रादेशिक अस्पताल बनेपछि सुधारका लागि धेरै काम भएको उनले बताए ।
बिहीबारदेखि विस्तार भएको ट्रमा वार्डमा अर्थोपेडिक चिकित्सक २४सैं घण्टा खटिने पनि ढकालले बताए । यसैगरी, अस्पतालले आईसियू २० बेडसहित जनरल र इमर्जेन्सी गरी २७ बेडको कोभिड इमरजेन्सी सेवा पनि बिस्तार गरेको छ । अब कोरोना संक्रमित बिरामीको उपचारमा थप सहजता आउने ढकालले बताए ।
अस्पतालले यसअघि पनि करिब आधा दर्जन सेवा विस्तार गरेको थियो । एउटा अक्सिजन प्लान्ट रहेको प्रादेशिक अस्पतालमा केही महिनाअघि थप एउटा जडान भइ दुई वटा प्लान्ट पुगेको छ भने थप एउटा प्लान्ट जडान प्रक्रियामा छ । अस्पतालमा अब क्यालेस प्रणाली अपनाइने र यसको तयारी भैरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले बताए । एक वर्षदेखि रोकिएको आमा सुरक्षाभत्ता पनि अस्पतालले उपलव्ध गराउन थालेको छ । कोभिड भत्ता मन्त्रालयबाट प्राप्त भएको र छिट्टै चिकित्सक तथा कर्मचारीले पाउने उनले जानकारी दिए । अस्पतालको स्तरोन्नतिका लागि १० तला भवनको गुरुयोजना बनाइ काम अगाडि बढाइएको छ । त्यस्तै, अस्पतालमा एमआरआई र क्याथ ल्याब सेवा अगाडि बढाउन टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भैरहेको छ ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया