थप २९३ जना कोभिड संक्रमण पुष्टि

काठमाडौँ - नेपालमा बिहीबार २ सय ९३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय १० पिसिआर परिक्षणका क्रममा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार ७ सय ५६ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८१ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
त्यस्तै थप २ सय ६३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ९ सय २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार १ सय ६१ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया