कालीकोटका सबै पालिका सडक सञ्जालमा जोडिए

सुर्खेत - कालीकोट जिल्लाका नौ वटै स्थानीय तह सडक सञ्जालमा जोडिएका छन् । रास्कोट नगरपालिका, खाडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका, सान्त्री त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र नरहरिनाथ गाउँपालिका सडक सञ्जालले जोडिएको हुन् ।
जिल्लाका नौ स्थानीय तहका ८२ वडामध्ये प्रायः सबै वडामा सडक सञ्जालले जोडिएकाे रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले बताइन् । ‘हाम्रो नगरका पनि सबै वडा सडक सञ्चालमा जोडिएका छन्,’ उनले भनिन्, ‘मूल सडक कालोपत्रे हुँदैछ ।’
खाडाचक्र नगरपालिकामा पनि ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया बिष्टले जानकारी दिए । ‘स्थानीय सरकार बनेपछि हामीले सबै वडामा सडक पुर्याएका छौं ।’ उनले भने, ‘सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।’ यस्तै, तिलागुफा नगरपालिकाका ११ वटै वडा सडक सञ्जालले जोडिएको नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए ।
सान्त्री त्रिवेणी गाउँपालिका नौवटै वडा, पलाँता गाउँपालिकाका नौवटै वडा, पचालझरना गाउँपालिका नौ वटै वडामा सडक सञ्जालले जोडिएका छन् । नरहरिनाथ गाउँपालिकाका नौ वटामध्ये पाँच वटा वडा सडक सञ्जालले जोडिएको र चार वटा वडामा यसै आर्थिक वर्षमा सडक सञ्जालले जोडिसक्ने त्यसका लागि धमाधम काम भइरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए । उनका अनुसार वडा नम्बर ८ र ९ लालु, वडा, १, २ र ३ कोटबाडा–कुमालगाउँ सडकले जोडिएको, वडा नम्बर ४, ५ को रुप्सा र वडा नम्बर ६, ७ को माल्कोटमा सडक सञ्जालमा जोडिन बाँकी रहेको छ ।
शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा केही वडाबाहेक अन्य वडा सडक सञ्जालले जोडिएको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिए । उनका अनुसार यसै आर्थिक वर्षमा सबै वडामा सडक पुर्याउने लक्ष्य रहेको बताए ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया