बायर लेभरकुजनले बुन्डेसलिगा जित्न सक्ने पाँच कारण

काठमाडौं : बायर लेभरकुजनले एक पटक पनि बुन्डेसलिगा जित्न सकेको छैन । पाँच पटक लिग उपविजेता बनेको लेभरकुजन पछिल्लो पटक २०१०-११ सिजनमा उपाधि नजिक पुगेको थियो । जारी सिजनमा बलियो लय देखाइरहेको लेभरकुजन अंक तालिकामा बार्यन म्युनिख भन्दा दुई अंकले मात्र पछाडि छ । आरबी लाइपजिगसँगै बार्यनलाई पछ्याइरहेको लेभरकुजन यस पटक साच्चै बलियो देखिएको छ । प्रतिभाशाली युवा खेलाडी र आक्रमक फुटबल खेलाउन माहिर प्रशिक्षक पिटर बोसको समिश्रणले लेभरकुजनले लिग उपाधिमाथि कब्जा जमाउने सम्भावना छ । लेभरकुजनको बुन्डेसलिगा जित्ने सम्भावनालाई निम्न बुँदामार्फत केलाइएको छ ।
लियोन बेलीको बलियो लय
सन् २०१७ मा बायर लेभरकुजन आइपुगेका जमैकाका लियोन बेलीले आफ्नो दोस्रो सिजनमा नौ गोल र ६ असिस्टको योगदान गरे । तर त्यसपछिका दुई सिजन उनको प्रदर्शन खस्कियो । लेभरकुजनको प्रतिभाशाली युवा खेलाडी खरिद गर्ने रणनीति बमोजिम बेल्जियमको गेन्कबाट खरिद गरिएका बेलीले यस सिजन भने आफुलाई जर्मन क्लबको प्रमुख हतियारका रुपमा स्थापित गराएका छन् ।
लेभरकुजनका लागि निरन्तर गोल गर्ने र गोलको अवसर सिर्जना गरिरहेका काई हार्बट्स र केभिन भोल्यान्डले गत गत सेप्टेम्बरमा क्लब छाडे । जसले बेलीलाई प्रशिक्षक पिटर बोस नेतृत्वको टिमको प्रमुख फरर्वाड बन्ने चुनौति र अवसर प्राप्त भयो । त्यसमा बेली चुकेका छैनन् । त्यसकै नतिजा हो, उनले १२ खेलमा चार गोल र पाँच असिस्ट । बुन्डेसलिगामा मात्र होइन, युरोपा लिगमा पनि बेलीको बलियो लय जारी छ । युरोपियन क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगितामा लेभरकुजनले अन्तिम १६ मा स्थान बनाउँदा बेलीले पाँच गोल गरिसकेका छन् । यदि उनले हालको लयलाई निरन्तरता दिए लेभरकुजनले उपाधि उचाल्ने सम्भावना बलियो हुनेछ ।
सुन्दर फुटबल
सन् २०१७ मा आयाक्सलाई युरोपा लिगको फाइनलमा पुर्याएका डच प्रशिक्षक बोस त्यही वर्ष बोरुसिया डर्टमन्ड पुगे । जहाँ उनको बसाई धेरै लामो भएन । आक्रमक फुटबल खेलाउने बोसले डर्टमन्डमा पर्याप्त समय नपाए पनि लेभरकुजनमा भने उनीमाथि धैर्यता देखाइएको छ । उनै बोस अहिले लेभरकुजनमा सुन्दर फुटबल खेलाइरहेका छन् ।
जारी लिगमा लेभरकुजन शीर्षस्थानको बार्यन म्युनिख भन्दा दुई अंकले मात्र पछाडि छ । बार्यनसँग डिसेम्बर १९ मा २-१ ले पराजित हुनुअघि लेभरकुजन आफ्ना पछिल्ला तीन खेलमा अपराजित थियो । तीन खेलमा लेभरकुजनले ११ गोल गर्दा मात्र एक गोल खाएको थियो । लेभरकुजनले होफनहाइन, फ्राइबर्ग र बोरुसिया मन्चुनग्लाडबाग जस्ता टिमविरुद्ध चार-चार गोल गरेको छ । फरर्वाडहरुले गोल गरिरहँदा लेभरकुजनका रक्षापंक्ति पनि उस्तै बलियो लयमा देखिएको छ । लेभरकुजनले लिगमा बार्यनको भन्दा कम गोल खाएको छ लिगमा सर्वाधिक बलियो रक्षापंक्ति भएको आरबी लाइपजिगको भन्दा तीन गोल मात्र बढी खाएको छ । लेभरकुजनले सुन्दर फुटबल पस्किन सक्नुमा अग्रपंक्ति देखि रक्षापंक्तिसम्मले आफ्नो भूमिका सानदार तरिकाले निभाएको छ ।
फ्लोरियन भर्जको उदय
काई हार्बट्स चेल्सी लागेपछि यसै सिजन सिनियर टिममा बढुवा भएका फ्लोरियन भर्ज युरोपियन क्लब फुटबलमा सबैभन्दा धेरै समय मैदानमा बिताउने किशोर खेलाडी बनेका छन् । जर्मन फुटबलको भविष्य मानिएका भर्जले १२ लिग खेलमा मौका पाएका भर्जले दुई गोल तथा चार असिस्टको योगदान गरिसकेका छन् । १७ वर्षीय आक्रमक मिडफिल्डरलाई हार्बटस्को प्राकृतिक विकल्पका रुपमा हेरिएको छ ।
चेल्सी जानुअघि लेभरकुजनको जर्सीमा एक सय ५० खेलमा ४६ गोल गर्दै ३१ गोलका लागि पास मिलाएका हार्बट्लाई प्रतिस्थापन गर्नु भर्जका लागि चुनौतिपुर्ण छ । तर उनले बलियो सुरुवात गरेका छन् । अर्को जर्मन क्लब एफसी कोलोनका उत्पादन भर्ज, लेभरकुजनका लागि मात्र होईन पुनजागृतको चरणमा रहेको जर्मन राष्ट्रिय टिमका लागि समेत महत्वपूर्ण साबित हुनसक्ने खेलाडी हुन् ।
अलारियोको गोल
अर्जेन्टिनाबाट तीन वर्षअघि बुन्डेसलिगा आएका लुकास अलारियोले अहिलेसम्म लेभरकुजनको जर्सीमा एक सिजनमा १० लिग गर्न सकेका छैनन् । सुरुवाती दुई सिजन नौ-नौ गोल गरेका अलारियोलाई यस सिजन आफ्नो ब्यक्तिगत रेर्कड सुधार्ने मौका छ । उनले यस पटक आठ खेलमा त्यत्ति नै गोल गरिसके ।
क्लबका सर्वोच्च गोलकर्ता रहेका आर्बट्स र अर्का भरपर्दा गोलकर्ता भोल्यान्डले बुन्डेसलिगा छाडेपछि अलारियोको काँधमा लेभरकुजनको अग्रपंत्ति सम्हाल्ने जिम्मेवारी आयो । जसमा उनी चुकेका छैनन् । जारी बुन्डेसलिगा सिजनमा प्रति मिनेट गोल अनुपातमा उनी भन्दा बार्यनका रोर्बट लेवेन्डोस्की र डर्टमन्डका हालान्ड मात्र अगाडि छन् । अलारियोले प्रत्येक ७३ मिनेटमा गोल गर्न सफल भएका छन् ।
त्यसो त लेभरकुजनसँग अलारियो बाहेक अर्का पनि, स्ट्राइकर छन् । ती हुन्, प्याट्रिक सिक । जसले चार गोल गरिसकेका छन् । गत सिजन लाइपजिगका लागि १० गोल गरेका चेक गणतन्त्रका सिकले सिजन अघि बढ्दै गर्दा लेभरकुजनममा अलारियोको बोझलाई हलुका बनाउने काम गर्ने नै छन् ।
पिटर बोस
उर्जावान युवा खेलाडीले भरिएको लेभरकुजनमा प्रशिक्षक पिटर बोसले चाहे जस्तो खेल खेलाइरहेका छन् । अलारियो र सिक जस्ता स्ट्राइकर भएकाले बोसले बुन्डेसलिगा मात्र होइन युरोपा र जर्मनीको घरेलु कपमाथि आँखा लगाउन सक्छन् ।
युरोपामा समूह विजेता बनेको लेभरकुजनले आफ्नो अन्तिम खेलमा चाल्र्स अरानगुज, सान्टियागो आरिएस, एजेक्विल पालासियोस र पाउलिन्हो जस्ता खेलाडीलाई बेन्चमा राखेको थियो । यसबाट पनि के देखिन्छ भने बोससँग लेभरकुजनमा पर्याप्त विकल्प छन् ।
लेभरकुजनका बेन्डर दाजुभाई (लार्स र स्भेन) बाराम्बार घाइते भइरहे पनि उनीहरुको अनुपस्थितीमा टिमको सन्तुलन बिग्रेको छैन । त्यसको कारण भनेको बोसको स्पष्ट रणनीति र कुशलतापूर्वक भएका खेलाडीको प्रयोग हो ।
आयाक्समा हुँदा उपाधिको नजिक पुगेर पनि असफल भएको र डर्टमन्डको ६ महिनाको बसाईमा आलोचित भएका बोस, लेभरकुजनमा सफल हुने ध्याउन्नमा छन् । लगातार दुई क्लबमा असफल साबित भएका बोस तेस्रो पटक पनि उही ताज पहिरहने मुडमा छैनन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया