ब्रिटीश कलेजको एसिसिए कार्यक्रम शुरु

काठमाडौँ: थापाथलीस्थित रहेको द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजमा एसिसिए (एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्ट्स) प्रोग्राम सुरु भएको छ ।
ब्रिटिस प्रोफेसनल कलेज एसिसिएबाट गोल्ड एएलपीबाट मान्यताप्रता रहँदै आएको छ । सन् २०१२ देखि एसिसिए परीक्षाका लागि सयौँ विद्यार्थीहरु तयार गरिसकेको यो कलेजले उत्कृष्ट प्रोफाइल बनाउन सफल भएको ब्रिटीश कलेजले उल्लेख गरेको छ । यो कलेजबाट एसिसिए वल्र्ड परीक्षा टपर र लगातार एसिसिए नेपाल टपरहरु हुन सफल भएका छन् ।
कलेजले अत्याधुनिक प्रविधिबाट विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आइरहेको छ । त्यस्तै कलेजले विभिन्न संघसंस्थाहरुसँग सम्झौता गरेको छ जसका कारण विद्यार्थीहरुले सजिलै आर्टिकलसिप सहजै पाउने बताइएको छ । यो कलेज कोरोना महामारीकाबीच दक्ष शिक्षकहरुमार्फत विद्यार्थीहरुलाई अनलाइन प्लेटफर्म उपलब्ध गराई निरन्तर पठनपाठन गराउने नेपालमा एकमात्र एएलपी बनेको छ ।
वैकल्पिक रुपमा कलेजले अनलाइन क्लास उपलब्ध गराउँदै आइरहेको छ । कोरोना महामारीका बीच पनि एसिसिएले फाइनल र कलेजले आन्तरिक परीक्षाहरु गराउँदै आएको भन्दै कलेजले आफ्नो उत्कृष्ट विद्यार्थीको अनुभव र नतिजाको अनुगमन र सुधारलाई प्राथमिकता दिदैं आएको छ । कलेजका ट्युटरहरूले विद्यार्थीहरूलाई अध्ययनलागि उनीहरूको सबै विकल्पहरूको बारेमा सचेत गराउने गरेको कलेजले उल्लेख गरेको छ ।
प्रोफेसर मेरी, पुर्व लर्निङ एसिसिए प्रमुख हालै द ब्रिटिस कलेजको कार्यकारी प्रिन्सिपलमा नियुक्त भएकी छन् । उनी भन्छिन्,‘एक सक्षम एसिसिए एकाउन्टेन्ट भएको हैसियतले भन्नुपर्दा मेरो पुरै करिअर क्वालिफाइड एकाउन्टेन्टका रुपमा धेरै फाइदा गरेको छ । वर्तमान अवस्था विश्वव्यापी रूपमा कठिन अवस्था रहेको छ । महामारी र जलवायु परिवर्तनको प्रभावले ठुलो असर पारेको छ । मलाई विश्वास छ कि एक व्यवसायिक योग्यता छ भने जसले लेखा र अडिटिंङ मात्र गर्ने क्षमता राख्छ साथै एनालिटिक्स, डिजिटल मोडलिङ, फिन्टेक, रचनात्मक व्यवसाय मोडलिङ र नेतृत्वले विद्यार्थीहरूलाई परिवर्तनको संसारमा साँच्चै राम्रो करियरको लागि तयार गर्दछ ।’
उनले अगाडि थपिन्, ‘ एसीसीए व्यवसायिक र प्राविधिक रुपले विद्यार्थीहरूलाई नयाँ र उदाइरहेका उद्योगहरू, जस्तै कृषि, प्रशासन, व्यापार साझेदारी र डिजिटल पूर्वाधारको वरिपरि अनुकूलन गर्न अनुमति दिनेछ । ब्रिटिश प्रोफेशनल कलेज पहिले नै यो सफलताको बाटोमा रहेको छ । यसको निरन्तर र सफलताको लागि शुभकामना दिन्छु ।’ विश्वभर यो कोर्सको डिमाण्ड रहेको छ । ५ लाख २७ हजार भन्दा बढी विद्यार्थीहरु, २ लाख १९ हजारभन्दा बढी सक्षम सदस्यहरु १७९ देशमा छहरिएर रहेका छन् ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_aZz0VXATyd_dlvax4yapqjl3bszpvgdc9wkifqltfb6k92np7ukvqjr8kdbeyf2eyt8dtx9.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया