हुवावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न

काठमाडौँ - हुवावेको ग्लोबल फ्ल्यागशिप कार्यक्रम ‘सीड्स फर द फ्युचर’ सम्पन्न भएको छ । विश्वव्यापी रुपमा आयोजना हुने उक्त कार्यक्रममा नेपालका स्नातक तहका अध्ययनरत १९ जना विद्यार्थी सहभागी थिए ।
विश्वका १ सय ३० देशमा आयोजना हुने यो कार्यक्रम नेपालमा भने पहिलोपटक भएको हो । कार्यक्रममा आठ विश्वविद्यालयका सूचना प्रविधिसँग सम्बन्धित विभिन्न नौ विधामा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए ।
यसका लागि कम्पनीले अक्टोबर ६ देखि नोभेम्बरसम्म आवेदन माग गरेको थियो । जसमा नेपालभरबाट एक सय ३६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।
उक्त आवेदनमध्येबाट उत्कृष्ट छनोट गरी काठमाडौं उपत्यकाबाहिरका चार जनासहित १९ स्नातक तहका विद्यार्थी अन्तिम चरणका लागि छनोट भएका थिए । उनीहरूलाई आठ दिन अनलाइन तालिम प्रदान गरी,’ टेकफरगुड’ प्रोजेक्टमा सहभागी गराइएको थियो ।
त्यस्तै विद्यार्थीहरू घान्द्रुकमा हुवावेद्वारा निर्मित फोरजी बेस स्टेशनको भ्रमण तथा डिशहोम र एनसेलका विशेषज्ञद्धारा दिइएको कक्षामा सहभागी भएका थिए । यसरी झन्डै २० दिन लामो प्रक्रिया पुरा गरी कार्यक्रम सम्पन्न भएको हो ।

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रतिक्रिया