कोभिडका बिरामी बढेपछि चीनको सियान सहरमा लकडाउन

बेइजिङ- कोभिड संक्रमण फेरि बढेपछि चीनको उत्तरी सहर सियानमा लकडाउन घोषणा गरिएको छ । सियानको जनसंख्या १ करोड ३० लाख छ । हिउँदे ओलम्पिकको पूर्वसन्ध्यामा महामारी नियन्त्रण गर्न सरकारले उच्च सर्तकता अप्नाएको छ ।
सियानमा बुधबार ५२ जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । योसँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४३ पुगेको छ ।
बिहीबार रातिदेखि हरेक दुई दिनमा प्रत्येक घरको एक जना सदस्य मात्र आवश्यक सामाग्री किन्न पसल जान पाउनेछन् । आकस्मिक अवस्थामा बाहेक कोही व्यक्ति पनि सहर छोड्न र घरबाहिर निस्कन पाउने छैनन् । लकडाउनका कारण सो सहरतर्फ उड्ने ८५ प्रतिशत उडान स्थगित भएका छन् । सरकारले सियानका सबै नागरिकको कोभिड परीक्षण गर्ने भएको छ । एजेन्सी

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया