चोरीका अभियोगमा फरार १७ वर्षपछि पक्राउ

सप्तरी : चोरीका अभियोगमा फरार रहेका एक अभियुक्त १७ वर्षपछि आज पक्राउ परेका छन् । गाउँघरमै रहेका अभियुक्त कञ्चनरुप नगरपालिका–५ का ३९ वर्षीय देवकान्त यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो ।
अदालतले २०६० असोज २७ गते गरेको फैसलामा उनलाई दुई महिना २४ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए । स्वावलम्वन बैकिङ्ग शाखा कार्यालय रुपनीमा यादवसमेतले रहजनी चोरी गरेको भनी चलेको मुद्दामा अदालतले कैद सजायको फैसला गरेपछि यादव फरार थिए । जिल्ला अदालतमा पेश भएका आरोपितलाई हाल राजविराज कारागारमा कैद भुक्तानका लागि पठाइएको प्रहरी निरीक्षक द्विवेदीले बताए ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया