‘पाँच दिनसम्म जंगलमा भोकै बसेँ’

सुर्खेत - अन्तरजातीय विवाहपछि वेपत्ता भएका हुम्ला सर्केगाड गाउँपालिकाका चन्द्र विकलाई बुधबार विहान प्रहरीले फेला पारेको छ । प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याएर सोधपुछ गरेको छ । सोधपुछको क्रममा चन्द्रले आफुमाथि कुटपिट हुने डरले जंगलमा गएर बसेको बताएका छन् ।
‘हामी दुवै जनालाई माइती पक्ष आएर राती १२ बजे उठाएर लगे उसलाई (केटी) घरमा लगेर गए मलाई बाटैमा छोडिदिए’ चन्द्रेको भनाइ उद्धत गर्दै प्रहरी निरिक्षक दान सिंह भण्डारीले भने, ‘सुरुको तीन दिन जंगलमै भोकै बसे ।’ त्यसैगरी चौथो र पाँचौ दिनमा अर्काे जंगलमा गएर स्याउ खाएर बसेको चन्द्रले प्रहरीसमक्ष बताएका छन् ।
घरमा माइतीपक्ष आएर लैजान्छन् भन्ने डरले नगएको चन्द्रले बताएका छन् । मंगलवार बेलुका सुनाखडा भन्ने ठाउँमा आएर बसेर त्यहाँबाट हुम्ला सदरमुकाम ल्याइएको प्रहरी निरिक्षक भण्डारीले बताए । आफुमाथि कुटपिट नभएको चन्द्रेले प्रहरी सामु बताएका छन् ।
हुम्ला सर्केगाड गाउँपालिका –१ का १८ वर्षीय चन्द्र विक एक सातादेखि वेपत्ता थिए । अन्तरजातीय विवाह गरेकै कारण उनी बेपत्ता भएका हुन् । चन्द्रेलाई हुम्ला प्रहरीले बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकाबाट हुम्ला सदरमुकाम ल्याएको हो ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया