आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

चीनले नागरिकलाई भन्यो- अत्यावश्यक बाहेकको यात्रा नगर्नू

बेइजिङ : चीनले आफ्ना नागरिकलाई चाडपर्व मनाउन भन्दै अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्यावश्यक यात्रा मात्रै गर्न सबैलाई आग्रह गरेको हो । 

नयाँ वर्ष लगायतका चाडपर्वको अवसरमा मानिसहरू धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा नगर्न आह्वान गरिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला यात्रा गर्दा महामारी थप फैलिन सक्ने भएकाले यात्रामा रोक लगाइएको उनीहरूको भनाइ छ । 

यात्रा गर्नु नै पर्ने भएमा उच्च सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरूको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले हात धुने जस्ता सतर्कता अपनाउन जोड गरिएको छ ।

मन्त्रालयले पर्यटकहरुलाई पनि महामारीबाट बच्‍नका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ ।  (रासस)