चोरीका मोटरसाइकल लुकाएर राख्ने पक्राउ

काठमाडौं - मोटरसाइकल चोरी गरी घरमा लुकाइराखेको अवस्थामा काठमाडौँको लामबगरबाट आज दुई जना पक्राउ परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले घरको पार्किङमा लुकाइ राखेको अवस्थामा प्रदेश ३–०२–०११ प ८०७३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धादिङ खनियावास गाउँपालिका–३ घर भई हाल गैरीगाउँस्थित लामाबगर बस्ने वर्ष १९ का पारस तामाङ र धादिङ नेत्रावती घर भइ सोही ठाउँ बस्ने २२ वर्षीय वुद्धिबहादुर तामाङ रहेका छन् ।
पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट गत मङ्सिरमा हराएको भनी काठमाडौँ तारकेश्वर नगरपालिका–८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलियासहितको निवेदन दिएका थिए ।
सोही निवेदनको आधारमा महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजुमा पठाएको प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिल शर्माले जानकरी दिए । रासस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया