ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त सुवेदी दम्पती पक्राउ
काठमाडौँ - बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्यअभियुक्त रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका उनीहरूलाई हिजो मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौँका छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको महतोले जानकारी दिए ।
'दुवै जनालाई हिजो पक्राउ गरिएको हो,' उनले इकागजसँग भने, 'आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा लगिएको छ ।' उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री …

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेटबारे छलफल हुने

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

प्रतिक्रिया