कुल पूजामा दुर्व्यवहारमा परेकी महिलाले जाहेरी दिन मनिनन्

सुर्खेत - कुल पूजाका बेला दुर्व्यवहारमा परेकी एक महिलाले प्रहरीमा उजुरी दिन मानेकी छैनन् । सुर्खेतको लेकबेसीमा कुल पूजाको बेला महिलामाथि भएको दुर्व्यवहारको भिडियो सार्वजनिक भएको थियो ।
भिडियोका आधारमा महिलामाथि अभद्र व्यवहार भएको भन्दै तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । तीन दिन अघि धामी–झाँक्रीसँग उपचार गराउने क्रममा ती महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कनक शाहीले जानकारी दिए ।
इन्स्पेक्टर शाहीका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवाली पक्राउ परेका छन् । सार्वजनिक भएको भिडियोमा भने एक जनाले महिलालाई पैतला चटाएका छन् । अर्का एक जनाले महिलामाथि देवता चढेको बहानामा शारीरिक रूपमा आक्रमण गरेको इन्स्पेक्टर शाहीले बताए ।
इन्स्पेक्टर शाहीले पीडित महिलाले अहिलेसम्म जाहेरी नदिएको बताए । ‘अहिलेसम्म हामीकहाँ जाहेरी आएको छैन, जाहेरी आउनेवित्तिकै दर्ता गर्छाै’ उनले भने ‘यो केस फौजदारी अन्तर्गतको भएकाले जाहेरी नआए पनि मुद्दा अगाडि बढ्छ ।’ स्थानीयवासीका अनुसार दुर्व्यवहारमा परेकी महिलाले आफू बिरामी भएकाले कुल पूजामा आएको र निको गराउन विधि गरेको प्रतिक्रिया दिएकी छन् ।
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया