आज न्याय सेवा आयोगको बैठक बस्दै
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक आज बस्दैछ। आयोगको अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ ।
'न्याय सेवा आयोगको भोलि ३ बजे बैठक बोलाइएको छ', न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भने, 'जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो ।'
आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया