संसद बैठकको रिपोर्टिङमा रोक लगाइएकोप्रति पत्रकारको आपत्ति

काठमाडौँ - संसद बैठकको रिपोर्टिङमा रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाजले खेद व्यक्त गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकको समाचार संकलनका लागि संसद भवन नयाँ बानेश्वर पुगेका पत्रकारलाई गेटमै रोकिएको थियो ।
यसअघि उनीहरुलाई परिचयपत्रका आधारमा जान दिइन्थ्यो । तर मंगलबार भने सुरक्षा अवस्थालाई ख्याल गरेर पत्रकारलाई समाचार संकलनमा रोक लगाएपछि समाजले विज्ञप्ति निकालेर आपत्ति जनाएको हो ।
‘समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद सचिवालयबाट पटक पटक रोक लगाइनु दुःखद हो,’ समाजका सचिव जयसिंह महराद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद लोकतन्त्रको सर्वोच्च थलो भएपनि समाचार संकलनमै रोक लगाउँदा लोकतन्त्रको मुल्य मान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको छ ।’

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया