शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

माछा पोखरीमा डुबेर चौधरीको मृत्यु

महोत्तरी- माछालाई दाना खुवाउन पोखरी पसेका एक व्यक्तिको आज डुबेर मृत्यु भएको छ । मृत्यू हुनेमा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ ईटहर्वाका ५२ वर्षीय बाबुनन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नै माछापोखरीमा दाना हाल्न पोखरी गएका चौधरी घर नफर्केपछि आफन्तजनले खोज्ने क्रममा उनको शव पोखरीमा फेला पारेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस