नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन: केपी ओली

कपिलवस्तु - एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको टिप्पणी गरे ।
ओलीले आफू प्रधानमन्त्री भएको बेलामा धेरै काम भएको जनाएका थिए । उनले आफू नेतृत्वमा रहँदा भूकम्पले ढलेका संरचना निर्माण, खरको छानामुक्त अभियान, जनता आवास कार्यक्रम, हुलाकी राजमार्ग निर्माणजस्ता लोकप्रिय काम गरेको बताए ।
उनले एमाले विकासको नीति लिएरअघि बढेकोले पार्टीप्रति जनताको विश्वास बढेको दाबी गर्दै देशभर एमाले प्रवेशको लहर चलेको बताए । सत्तारुढ गठबन्धनप्रति कडा आलोचना गर्ने ओलीले कपिलवस्तुमा भने गाली गर्न समय खर्च गर्न नचाहेको बताए । पुष्पकमल दाहाल र माधव नेपालप्रति इंगित गर्दै उनले राधेराधेको नाम लिएर झुक्याउन आउने बताए ।
ओलीले नेपालको जमिन बाँझो राखी भारतलाई पानी दिन नसकिने बताए । ‘यता नेपालतर्फको जमिन बाँझो छ । उता भारततर्फ नेपालको पानीले सिँचाइ भई खेती भएको छ,’ ओलीले भने । कपिलवस्तुमा सिँचाइको लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको बताए ।
सभालाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गरे ।
उनले देउवा नेतृत्वको सरकार लक्ष्य, उद्देश्य, गन्तव्यविहीन भएको बताए । लुम्बिनी प्रदेशमा पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपालका गुमेका भूमिसहितको नक्सा सार्वजनिक गरेका कारण ओली सरकार ढालेको दाबी गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया