शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

बाँदरझुलावासी र सरकारबीच तीनबुँदे सम्झौता

काठमाडौँ- चितवनको बाँदरझुलावासी र सरकारबीच तीनबुँदे सम्झौता भएको छ । मंगलबार मादी नगरपालिका ९ का सात सय घरधुरीको माग पूरा गर्ने गरी सरकार तथा संघर्ष समिति बीच सम्झौता भएको हो । राष्‍ट्रिय भूमि आयोगका उपाध्यक्ष र बाँदरझुलावासी संघर्ष समितिको तर्फबाट संयोजक शारदा आचार्यले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

फागुन मसान्तसम्म भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको लागत संकलन गर्ने । जग्गा नापजाँचको सूचना निस्केपछि लगत संकलनको निवेदन दिएको दिनमा निस्सा र जग्गा नापजाँचको निस्सा वितरण गर्ने ।

बाँदरझुलाको लागि विद्युतीकरणका लागि बजेट समेत छुट्याइसकेको अवस्थामा नर्माण कार्यलाई छिटो अगाडि बढाइने । सो कार्यका सहजीकरणका लागि सम्बन्धित निकायहरूमा सहयोगका लागि नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई तत्कालै पत्राचार गर्ने ।

बाँदरझुलावासीले खेतीपाती गर्न ट्रयाक्टर गर्न नदिएकोमा जमिनमा ट्रयाक्टर प्रयोग गरी सहजै खेतीपाती गर्न दिन नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायलाई पत्राचार गर्ने गरी सम्झौता भएको हो ।

सरकार र बाँदरझुलावासी बीच सहमति भएपछ दुई दिनदेखि गर्दै आएको आन्दोलन स्थगित भएको छ । बाँदरझुलाबाट ४० जनाको टोली अधिकार माग्‍न आइतबार बिहानै काठमाडौंको माइतीघर मण्डला आएका थिए । दशकौंदेखि भूमिहीन बस्नुपरेको, निरन्तर निकुञ्ज प्रशासन र वन्यजन्तुको हैरानी खेप्नुपरेको गुनासो सुनाउन उनीहरू राजधानी आएका हुन् ।

आज बिहान पहिलो चरणको वार्ता संघर्षसमिति र नेकपा माओवादीको अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल बीच निवासमा वार्ता भएको थियो । बाँदरझुलावासीसँगको छलफलमा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, माडी नगरपालिकाका मेयर ठाकुर ढकाल सहभागी थिए ।