ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

लमजुङ - मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९ सिम्पानीका २४ वर्षीय सन्देश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातिको समयमा ट्र्याक्टर चलाउदा सडकबाट करिब २०० मिटर तल खस्दा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । मृतकको शवपरीक्षणको लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा राखिएको छ । रासस

काँक्रोको बीउबाट मनग्य आम्दानी

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

कपालको विकासका लागि उपयुक्त बदामको तेल

तुलालाई आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय, मकरले सामान्य कामबाट राम्रो लाभ उठ…

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने

प्रतिक्रिया