शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा -  पूर्व–पश्चिम राजमार्गको विर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे १ ख १९५२ नं को ट्रकले ठक्कर दिँदा सोमबार राति घाइते भएका रायको उपचारको क्रममा मृत्यु भएको हो । 

घाइते रायको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्युभएको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न ट्रक र चालक इलाम सन्दकपुर–३ का रोशन लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । रासस