ऐतिहासिक गढी संरक्षणमा विभाग र लिम्बू समुदायको चासो

तेह्रथुम - संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरू लोप हुँदै गएका छन् । पहिलो पुस्ताले संरक्षणमा ध्यान नपुर्याउनु र पछिल्लो पुस्ताले पनि चासो नदिनुले यी र यस्ता सम्पदाहरू लोप हुँदै गएका हुन् ।
पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायसँग अस्तित्व जोडिएका ऐतिहासिक सम्पदाहरू लोप भइरहेको बेला तेह्रथुमको छथर पञ्चकन्यामा रहेको योमुई चाम्खासिङ (यक) गढी संरक्षणमा चासो दिन थालिएको छ ।
नेपाल एकीकरण पूर्व लिम्बूहरूको आ–आफ्नै गढ निमार्ण गरी राज्य सञ्चालन गर्दै आएका थिए । सोहीअनुसार योमुई चाम्खासिङ गढी खजुम लिम्बूहरूको पुर्खाहरूको गढी रहेको थियो । संरक्षणको अभावमा भग्नावशेष मात्र रहेको यो गढी संरक्षणका लागि पुरातात्व विभागसँग सहकार्य गरी संरक्षणमा जुट्दै आएको गढी निमार्ण संयोजक तथा युवा खोज अभियान्ता चिनकुमार लिम्बूले बताए ।
लिम्बुका अनुसार गढी संरक्षणका लागि देश तथा विभिन्न मुलुकहरूमा खजुम लिम्बूहरूले अभियान सञ्चालन सुरु गरेका छन् । गढीसँगै यहाँ रहेका ऐतिहासिक स्थलहरू बगरेट, बहार मन्दिर, कालुमडाडालगायतका स्थानहरूलाई संरक्षण गर्ने तयारी भइरहेको छ ।
लिम्बू समुदायको विवाहपश्चात सयमुन्द्री (बागदत्त) छिनाउँदा र लगन राख्दा गढीलाई सम्बोधन गर्ने गरिन्छ । लिम्बु समुदायसँग अस्तित्व जोडिएको स्थल भएकाले संरक्षणमा जोड दिनुपर्ने पुरातत्व विभागका अम्बिका खजुमको भनाइ छ । गढी संरक्षणका लागि समिती नै निमार्ण गरी केही वर्ष अघिदेखी अभियान सुरु भएको छ ।
खजुम लिम्बूहरूको पहिचानको रूपमा रहेको गढीलाई संरक्षण गर्दै पछिल्लो पुस्तालाई समेत अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले संरक्षणमा जुटेको योमुई चाम्खासिङ खजुमहाङ चुम्भोका केन्द्रीय अध्यक्ष उमेशचन्द्र पारघारीले बताए ।
खजुम लिम्बुहरू कुरुम्भङ, चोङबाङ, पारघारी, लेक्वा र वयाङ खजुम गरी पाँच थरी छन् । गढी संरक्षणमा खजुम लिम्बूहरूको अग्रजदेखि युवा पुस्ताहरूले ध्यान दिन आवश्यक देखिन्छ । न्यूज कारखाना

काँक्रोको बीउबाट मनग्य आम्दानी

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

कपालको विकासका लागि उपयुक्त बदामको तेल

तुलालाई आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय, मकरले सामान्य कामबाट राम्रो लाभ उठ…

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने

प्रतिक्रिया