५११० नमुना परीक्षण गर्दा ५११ मा संक्रमण

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर ५ हजार १ सय १० पीसीआर परीक्षण गर्दा ५ सय ११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा कोभिडबाट ७ को मृत्यु भएको छ । हालसम्म कोभिडबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४७ पुगेको छ ।
२४ घण्टामा ६०० जना निको भइ डिस्चार्ज हुँदा कोभिड संक्रमण निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ ।
हालसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया